काठमाडौं । काठमाडौं उपत्यकामा बिहीवार एकैपटक ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ललितपुरमा दुई, काठमाडौंमा ४१ र भक्तपुरमा दुई गरि कुल ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १९, भक्तपुरका दुई, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४, स्टार अस्पताल ललितपुरमा गरिएको स्वब परीक्षणमा काठमाडौंका २ र ललितपुरका २ जना र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जनामा गरि बिहीवार उपत्यकाका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज थपिएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (बिहीवार) थप २७४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।
नेपालमा हिजो (बुधवार) २१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
रिहा भएका रञ्जन कोईराला भन्छन् – ‘ग्राण्ड डिजाईन’ भयो, मैले कुनै गल्ती गरेको छैन’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया