काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ ।
बझाङबाट एक व्यक्तिले फोन गरेर मन्त्री भट्टलाई जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको बताइएको छ ।
एमसीसीको पक्षमा आफूले बोल्दै आएकोले ज्यान मार्ने धम्की आएको भट्टले बताएका छन् ।
सदनको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले भने, ‘एमसीसीको पक्षमा बोलेमा जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भन्ने धम्की आएको छ, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नुभयो’
बैठकमा सांसदहरुले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ कोट्याउँदै अहिले फेरी मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको हो भन्दै प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री भट्टले मन्त्रालयले कानून कार्यान्वयन मात्रै गरेको बताए ।
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया