बामदेवलाई भेट्न भैँसेपाटी पुगे ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टी उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवास भैँसेपाटी पुगेका छन् ।

पार्टी भित्रको आन्तरिक विवादकाबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका गौतम केहीदिन यता ओलीको पक्षमा देखिएको भन्ने अडकबाजी भइरहेका बेला साँझ ओली गौतम निवास पुगेका हुन् ।

आजको लागि तय गरिएको नेकपा स्थायी कमिटी बैठक ओली पक्षले स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा केहीवेर बसेर गौतम निस्किएका थिए ।

त्यस्तै गौतमले पार्टीको आन्तरिक विवाद समाधानको लागि आफू निरन्तर लागिरहेको भन्दै अध्यक्षद्वयलाई सुझावसहितको ६ बुँदे प्रस्तावसमेत पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?