काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सह महामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोभिड-१९ अनुगमन समितिले सोमवार राजधानीमा नेपाल पत्रकार महासंघको कार्यालयमा कोरोना महामारीमा पत्रकारको अवस्था र राज्यको दायित्व बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघको आयोजनामा भएको हो । उक्त कार्यक्रममा पत्रकार महासंघका अगुवा पत्रकारहरुले अहिले पत्रकारहरुले भोगिरहेका समस्याका बारेमा प्रकास पारेका थिए । अनुगमन समितिका संयोजक डा महतले अहिलेको अवस्थामा सबैले सामुहिक दायित्व बहन गर्न आह्वान गरे । साथै अनेक बाहानामा पत्रकारहरु माथि भईरहेका ज्याजति माथि सरकार उदासिन रहेको समेत बताए ।

विभिन्न संचार गृहहरुले लामो समय सम्म काम गरिरहेका पत्रकारहरुलाई समेत बेरोजगार बनाई रहेका सुचनाहरु सार्वजनिक भई रहेकोमा नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको र त्यस्तो खाले गतिबिधि रोक्न संचार गृहलाई अनुरोध गर्दै संचार क्षेत्रका समस्यालाई समाधान गर्न सबै मिलि सरकारलाई वाध्य बनाउनका लागि समेत अपिल गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुगमन समितिका सदस्यहरु एन पी सावद र डा चन्द्र भण्डारीको समेत सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया