काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता शुरु भएको छ ।
प्रधानमन्त्री निवासमा दुई अध्यक्षहरुबीच पार्टीको आन्तरिक विवाद समाधानका विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ ।
पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि दुई अध्यक्षबीचको छलफल चलिरहेको छ । यसअघि गत बुधवार बैठक बसेको थियो ।
असार १० गतेबाट शुरु भएको स्थायी कमिटिको बैठक भने पछिल्लो समय स्थगित भइरहेको छ । पछिल्लो पटक गत असार १८ गते पछि स्थायी कमिटि बैठक बस्न सकेको छैन् । असार २६ गतेका लागि बैठकको समय तोकिएपनि साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया