नजिकिए ओली देउवा, सत्ता सहकार्यको चर्चा !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादकाबीच प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको विषय यतिबेला चर्चामा छ ।

गत असार १७ गते प्रधानमन्त्री ओली र सभापती देउवाबीच भेटघाट भएको थियो । पछि प्रधानमन्त्रीको अनुरोधमा नेकपा स्थायी कमिटि सदस्य सुवास नेम्बाङले देउवासँग भेटघाट गरेका थिए ।

कांग्रेसका अन्य नेताहरुले देउवाले प्रधानमन्त्रीसँग भेटेको कुराको बारेमा चासो राखेका थिए । यसैबीच आइतवार निर्धारित समयभन्दा १ घण्टा ढिला बसेको बैठकमा उक्त कुराको चर्चा चलेको छ । बैठक शुरु भएपश्चात कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी महाधिवेशनका बारेमा प्रस्ताव राखे । सभापति देउवाले त्यसको सबै जिम्मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई रहेको प्रतिक्रिया दिए ।

वरिष्ठ नेता पौडेलले महाधिवेशन भन्दा पनि सत्तारुढ दलसँगको भेटघाटका विषयमा चासो राखे । सभापति देउवाले त्यसबाट पन्छिन खोज्दै आफूलाई भन्दा डा मिनेन्द्र रिजाललाई थाहा भएकाले सोध्न आग्रह गरे । “मलाई भन्दा पनि बढी जानकारी छ मिनेन्द्रसँग छ । यसको वातावरण सबै मिनेन्द्रले मिलाउनु भएको हो ।” उनले भने ।

आफूलाई अध्यादेश ल्याउने लगायतका विषयमा टेलिफोनमा कुरा भएको र बालुवाटार गएको प्रष्ट पारे । उनले भने, “अध्ययादेश ल्याउने लगायतको विषयमा टेलिफोनमा कुरा गरौं भनेर बालुवाटारबाट खबर आयो, यो अघिवेशनअघिको कुरा हो । म बालुवाटनार गएकै हो । कुराकानीमा प्रधानमन्त्री ज्यूले आफ्नो पार्टीको समस्या पनि राख्नुभयो । तपाई साथ दिनुपर्छ भन्नुभएको हो । मैले छलफल गर्छु भनेको हुँ । संसद विघटन गर्ने गरी अध्यादेश ल्याउनु भयो ।” देउवाले ब्रिफिङ गर्दै सुनाए ।

अन्य विषयमा कराकानी गर्दै गरौँला तर गणतन्त्र खतरामा पर्नेगरी नजान आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको समेत बताए ।

आइतवार नेम्वाङले रिजालसँग फोन गरि देउवासँग भेटघाट गर्ने चाँजोपाँजो मिलेको थियो । रिजालसहित नेम्वाङसँगको भेटघाटका क्रममा समसामयिक विषय साथै एमसीसी र अन्य विषयमा छलफल भएको देउवाले प्रष्ट पारे । “एमसीसीको विषयमा कुरा भएको हो । तपाईँहरु सरकारमा हुनुहुन्छ यस विषयमा कुरा गर्नु आवश्यक रहेन । नागरिकताका विषयमा पनि काँग्रेसले आपत्ति जनाएको बताएको हुँ ।” देउवाले भने ।

भेटघाटका क्रममा नेम्वाङले पार्टीकै नेताहरुले राष्ट्रपति माथि नै षणयन्त्र गर्न लागेको साथै पार्टी विभाजनको कुराले अफ्ठयारो रहेको बताएका थिए ।

“नेम्वाङजीले पार्टीका नेताहरुले राष्ट्रपतिमाथि नै षड्यन्त्र हुन खोजेको छ भन्दै सहयोग माग्नु भएको थियो । मैले पनि ठट्टाको शैलीमा ओलीले गएको चुनावमा देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । ज्योतिषले ७ चोटी प्रधानमन्त्री बन्नुहुन्छ भन्नुभएको थियो । अहिले यस्तो कुरा गर्नुहुन्छ भनेँ ।” देउवाले भने ।

बैठकमा देउवाले आफूले उक्त विषयमा केन्द्रीय समितिमा समेत कुरा उठने र आफूले भएको कुरा बताउने गरी नेम्वाङलाई पठाएको बताए ।

साथै नेम्वाङले आफूलाई संसद स्थगितको विषयलाई नचर्काइदिन समेत आग्रह गरेको बताए । देउवाले प्रधानमन्त्री र सत्तारुढ दलसँग भेटेको कुरा विस्तृतमा भनिसकेपनि पार्टीको आन्तरिक विषय तथा महाधिवेशनको छलफल भइरहेको एक नेताले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?