के सत्तारुढ नेकपा विभाजनको दिशामा पुगेको हो?

काठमाडौं – यतिबेला नेपाली राजनीति गम्भिर मोडमा पुगेको छ । शक्ति बाँडफाँडका विषय नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ब्याप्त मतभेद स्थायी कमिटी बैठकमा छताछुल्ल भएको छ । यसका मूख्य कारक हुन् – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली । उनको नसोची बोलीदिने बानीले उनैलाई अप्ठेरोमा पार्दै आएको छ । पछिल्लोपटक दम्भसहित ‘भारतले कुर्सी हल्लाउन खोजेको र नसक्ने’ भन्दै अभिव्यक्ति दिएका ओलीविरुद्ध सिंगो पार्टी खनिएको हो ।

जब स्थायी कमीटिको बैठक बस्यो, त्यसपछि उनका विरुद्धमा चर्को आवाजहरु उठेका हुन् । त्यसैले राजनीतिक जोड घटाउको समिकरणले नेपालको राजनीति कता लैजान्छ भन्न मुस्किल छ ।

नेकपाभित्रको विवाद बढ्दै गएपछि नेताहरुबीचको छलफल तीव्र रुपमा अघि बढेको छ ।

बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष केपी शर्मा ओली निकट मानिएका नेताहरुले भेट गरेका छन् । स्थायी कमिटीको छैटौँ दिनको बैठक अघि पाँचौँ दिन जस्तै प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न गएका छन् । उनले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बुधबार आफू निकटका नेताहरुसँग खुमलटारमा छलफल गरेका प्रचण्डले बिहीबार बिहान ओली निकट मानिएका नेताहरुलाई आफ्नो निवासमा बोलाएर झण्डै साढे ३ घण्टा कुरा गरेका थिए ।

उनले बैठकको सुरुमै केपी ओली समूहका नेताहरुलाई सम्झाउँदै भने– ‘हामीले जे कमजोरी गर्‍यौं, भन्नुहोला । अर्का अध्यक्षले के कमजोरी गर्नुभयो, त्यो पनि भन्नुहोला ।’

छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलका साथै सुवास नेम्वाङ, शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरु थिए । प्रचण्ड निकट नेता एवम् ऊर्जामन्त्री वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर, मातृका यादव, हरिबोल गजुरेल लगायतका नेताहरु पनि छलफलमा सहभागी थिए । ओली पक्षका स्थायी कमिटीमध्ये पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ, छविलाल विश्वकर्मा थिएनन् । बैठकमा निकै गम्भिर भएर प्रस्तुत भएका प्रचण्डले भने– अर्का अध्यक्षलाई सम्झाउनुहोला भनेको बैठकमा सहभागि एक नेताले बताए ।

प्रचण्डसँगको छलफलमा ओली पक्षका नेताहरुले विगतका सहमति लागु गर्नुपर्ने र पार्टी एकतालाई सुदृढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेताहरुले एकै स्वरमा भने विगतका सहमति लागु गरेर जाऔं, त्यसमा हामी पनि सहयोग गर्छौं ।’ छलफलमा ओली पक्षका नेताहरुले पार्टी विभाजनको स्थिति आउन नदिन प्रचण्डसँग आग्रह गरेका थिए ।

प्रचण्डले ‘तपाईहरुले पार्टी एकता गर्नुपर्छ भनेर हामीले मान्यौँ । एकता गर्‍यौँ । यसलाई जोगाउन तपाईहरु लाग्नोस्, तपाईहरुले भने अनुसार गर्नका लागि हामी तयार छौं ।’

प्रचण्डसँगको कुराकानीपछि नेता सुवास नेम्वाङको निष्कर्ष छ परिस्थिति सोचेभन्दा बढी गम्भीर हुँदैछ । यसै होला भन्न म पनि असमर्थ छु । उहाँले हामीसँग ह्युमिलेट फिल गरेँ भन्नुभयो ।”

प्रचण्डको भनाई उदृद गर्दै अर्का नेताले भने, ‘मलाई पनि एउटा फिलिङ्स छ । अर्का अध्यक्षले पनि समस्या फिल गर्नुभयो होला। उहाँले के कमजोरी गर्नुभयो, तपाईहरुले त्यो पनि उहाँलाई भन्नुहोला ।’

बैठकमा हामी अर्का अध्यक्षसँग यो कुरा राख्छौँ । भनेर ओली निकट नेताहरु बाहिरीएका थिए । त्यसपछि प्रचण्डले आफूनिकट नेताहरुसँग कुराकानी गरेका थिए ।

बुधबार साँझ मात्रै ललितपुरको झम्सिखेलमा सम्पन्न प्रचण्ड–माधव पक्षका ३० नेताहरुको भेलाले ओली पक्षका नेताहरुसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप आज भेटर्वार्ता भएको हो ।

झम्सीखेल भेलाले अब केपी शर्मा ओलीबाट प्रधानमन्त्री र अध्यक्ष दुबै चल्न नसक्ने निश्कर्ष निकाल्दै प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुपर्ने निर्णय गरेको थियो ।

यो लिंकमा क्लिक गरी पढ्नुहोस् : 

ओली निकटका नेतासँग प्रचण्डको छलफल, के निस्कियो निष्कर्ष ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?