काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म कोरोना भाइरसको संक्रमणबाट नेपालमा कसैको पनि मृत्यु नभएकोमा खुशी लागेको बताएका छन् । उनले अनलाइन शिखर सम्मेलनमा सम्बोधन गर्दै कोरोना संक्रमणबाट नेपालमा कसैको पनि मृत्यु नभएकोमा खुशी लागेको बताएका हुन् ।

उनले कोरोना भाइरसले निम्त्याएको ठूलो आर्थिक क्षतिको भविष्यमा पुर्नस्थापन गर्न सकिने तर मानव जीवनलाई पुर्नप्राप्त गर्न नसकिने बताए । उनले भने सबै कुराभन्दा पहिले मानव जीवन रक्षा हुनुपर्ने र मानवता जोगिनु पर्ने कुरामा जोड दिए ।
शिखर सम्मेलनमा सम्बोधन गर्दै ओलीले कोरोनासँग लड्न नेपालले गरिरहेको प्रयासहरुका बारेमा पनि बताएका थिए । उनले विश्व एकजुट भए हामी यो लडाई जित्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया