काठमाडौ – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ ले विश्व आक्रान्त छ । यसैको महामारीबाट बच्नको लागि नेपाल लकडाउनमा छ ।
नेपालमा हालसम्म आरडिटी र पिसीआर दुवैविधीमार्फत् कुल ५१ हजार ३ सय ६७ वटा परीक्षण गरिएकोमा हालसम्म संक्रमित संख्या ५१ पुगेको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका बारेमा चिकित्सकहरूसँग छलफल गरिरहेको छ ।
कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा चिकित्सकहरूलाई डाकेर कोरोना भाइरसको संक्रमण फैलिन नदिन अपनाउनु पर्ने सावधानीलगायतका विषयमा छलफल गरिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले बैठकमा विगतका सरकारका पालमा पार्टीका तर्फबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका नेताहरूलाई पनि छलफलका लागि बोलाएको छ ।
नेपालमा ५१ हजार ३ सय ६७ जनामा परीक्षण, कोरोना संक्रमित ५१ पुगे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया