काठमाडौं – नेपालमा हालसम्म आरडिटी र पिसीआर दुवैविधीमार्फत् कुल ५१ हजार ३ सय ६७ वटा परीक्षण गरिएकोमा हालसम्म संक्रमित संख्या ५१ पुगेको छ । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको पुष्टि भएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएसँगै नेपालमा संक्रमितमध्ये एक तिहाई अर्थात् १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म १७ हजार २५ जना मानिस क्वारेन्टाईनमा बसीरहेका छन् । प्रदेश १ मा ४ हजार ५ सय ७० जना, प्रदेश २ मा ३ हजार ९ सय २ जना, वाग्मती प्रदेशमा ४ हजार ६ सय ३६ जना, गण्डकी प्रदेशमा ३ हजार ६५७ जना, प्रदेश ५ मा १३ हजार १ सय १९ जना, कर्णली प्रदेशमा ५ हजार ४ सय ८० जना र सुदूरपश्चिम प्रदेशमा ५ हजार ९ सय ५१ जना मानिस क्वारेन्टाईनमा बसेको डाक्टर देवकोटाले जानकारी दिए ।
यस्तै काठमाडौं उपत्यकामा ६ जनासहित हालसम्म नेपालमा १ सय १० जना मानिस आईसोलेसनमा बसीरहेका छन् ।
हालसम्म आरडिटी र पिसीआर विधीबाट कुल ५१ हजार ३ ६७ जनामा कोरोना परीक्षण गरिएकोमा आरडिटी विधीबाट हालसम्म ४१ हजार ४ सय ३६ वटा नमूना जाँच गरिएको छ । त्यस्तै पिसीआर विधीबाट ९ हजार ९ सय ३१ जनाको जाँच गरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ९६ वटा जाँच गरिएको छ ।
हालसम्म आरडिटी विधीबाट प्रदेश नम्बर १ मा ४ हजार ३ सय ८ वटा, प्रदेश २ मा ५ हजार १ सय ४१ वटा जाँच गरिएको छ । वाग्मती प्रदेशमा ७ हजार ५ सय ९१ वटा जाँच गरिएको छ । गण्डकी प्रदेशमा ४ हजार ९ सय २४ वटा परीक्षण सम्पन्न भएको छ । प्रदेश ५ मा हालसम्म ३ हजार ३ सय २६ जनाको जाँच गरिएको छ ।
कर्णाली प्रदेशमा हालसम्म ४ हजार ९ सय ७४ वटा जाँच गरिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा हालसम्म आरडिटी विधीबाट ११ हजार १ सय ७२ जनाको जाँच गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
मन्त्रालयले दिएको जानकारी अनुसार ११३३ र १११५ मा गत २४ घण्टा २ हजार ७१ वटा कल आएका छन् ।
ति सबै कलको चिकित्सले जवाफ दिएका छन् । त्यस्तै मन्त्रालयको वेवपेजमा आफूलाई कोरोनासाग मिल्दोजुल्दो लक्षण देखीएको भन्दै स्वमूल्यांकन गर्न विवरण भर्नेहरुको संख्या हालसम्म २८ हजार ८ सय १० जना रहेका छन् ।
जसमध्ये गत २४ घण्टामा ६ जना रेड जोनमा परेका छन् । गत २४ घण्टामा भरिएका ८ सय ९५ जनाको विवरणबाट संभावित संक्रमित संख्या छुट्टयाईएको हो ।
यसअर्थ हालसम्म कोरोना संभावित व्यक्ति २ सय ९६ जना पुगेका छन् । यसलाई मन्त्रालयले रेड जोनमा राखेको छ । तिनको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सोधपुछ र ट्रेसिङ गर्ने काम भइरहेको छ ।
हालसम्म नेपालमा भेटिएका संक्रमितमध्ये धनगढीमा १ जना, विरगञ्जमा ३ जना, भरतपुरमा १ जना विरगञ्जमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको छ ।
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
विश्वभर फैलिएको कोरोना भाइरस महामारी कोबिड–१९ बाट शनिवार ९२५ अप्रील २०२०० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।
स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित छन् ।
नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना मुक्तको भएको समितिले जनाएको छ ।
यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपाली मध्य ४ सय ३४ जना कोरोना मुक्त भएको सो समितिले जनाएको छ ।
संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।
समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।
यसैबीच कोरोना भाइरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार कोरोना महामारी पछि ४१ देशमा रहेका संघका शाखाहरु मार्फत ९ सय जना स्वयसेवक परिचालन गरेको छ ।
कोरोना संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ ।
डा शर्माका अनुसार ७० जना भन्दा गैर आवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेका छन् ।
यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भए लगत्तै संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविडा १९ उच्चस्तरीय समिति गठन गरि काम अघि बढाएको थियो ।
यसअघि प्रकाशित :
कोरोनाको कहर : क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औलोको संक्रमण
डोनाल्ड ट्रम्पको ‘ट्वीट’मा ईरानको चेतावनी
बर्दियाबाट भारत गएका दुई जना भारतीयमा कोरोना पुष्टि
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया