मन्त्रिपरिषद् बैठक ३ घण्टा सर्‍यो

काठमाडौं । लकडाउनका बारेमा ठोस निर्णय गर्न आइतवार दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्  बैठक ३ घण्टा पछाडी सरेको छ ।

बैठक साँझ ५ बजे बस्नेगरी समय परिवर्तन भएको एक मन्त्रीले लोकपथलाई जानकारी दिए । प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् अघि प्रधानमन्त्री केपी ओेलीले कोरोना रोकथाम तथा उच्चस्तरीय समितिका अधिकारीहरुसँग छलफल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?