काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचार गराइरहेकी बागलुङकी ६५ वर्षीय महिला कोरोनामुक्त भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको हो ।
उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए । अनुसार दुईवटै रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्जको तयारी गरिएको छ ।
त्यस्तै, आजैमात्र २७ दिन लामो उपचारपश्चात् निको भएकी नेपालकी दोस्रो कोरोना संक्रमित युवति पनि कोरोनामुक्त भएर घर फर्केकी छिन् । कोरोना संक्रमणपछि निको भएकी युवतिको मन छुने सन्देश दिएकी थिईन् ।
उपचारपछि निको भएकी युवतिले अस्पतालबाट बाहिरिँदै गर्दा अरु संक्रमितहरुलाई धैर्य गर्न भन्दै उनले भनिन्, “मेरो पनि धेरै पटक टेष्ट गरेपछि नेगेटिभ आएको हो । केहिछिन समय लाग्छ। राम्रोसँग ख्याल राख्नु भएको छ भने आत्तिनु पर्दैन सबै ठीक हुन्छ। नआत्तिनुहोस् ।
उनले थपिन्, “अन्य संक्रमितलाई धैर्यताका साथ बस्नुहोला भन्न चाहन्छु। मेरो पनि यो एकचोटी ठिक भएको कुरो हैन। मेरो पनि लगातार परीक्षण गरेपछि नेगेटिभ आएको हो। केही समय लाग्ला तर केयर पुगिरहेको छ भने धेरै आत्तिनुपर्ने कुरो हैन। यसका लक्षणहरु नै मनलाई अत्याउने खाले रैछन्। श्वास फेर्न गाह्रो हुने लगायत लक्षणहरु भएपनि कृपया आत्मबल बढाउनुहोला। आफ्नो केयर गर्नुहोस्। ठिक चाँही हुनुहुनेछ।”
शनिबार काठमाडौंस्थित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हुँदा दिएको अन्तर्वार्तामा उनले आफूले सावधानी अपनाएका कारण परिवारका अरु सदस्यमा नसरेकोले सबैले सामाजिक दूरी कायम गर्न समेत अनुरोध गरेकी छिन् । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
उनले भनिन् आफूलाई कोरोनाबाट बचाउन सबैले सकेसम्म माक्स, ग्लोब्स, चस्मा लगाउनुहोला। सरकारले दिएका सुचनामा ध्यान दिनुहोला। धेरै हिडडुँल यसबेला नभएको राम्रो। सेल्फ आइसोलेसनमा बस्नुहोला भन्ने सुझाव सबैलाई दिन चाहन्छु।
उनले थपिन्, रिकभरी हुनु भनेको मैले मेरो लागि राम्रो मौका पाएको छु। मेरो रिकभरी भएसँगै प्लाज्मामा एन्टिबडी भएको भएर यो सामाजलाई डोनेट गर्न पाउँछु। भविष्यमा कोही पनि कोरोनाको सिकिस्त विरामी देखिए भने मैले डोनेट गरेको प्लाज्माले सहयोग गरोस्। जो जो निको हुनुहुन्छ, उहाँहरुलाई पनि सँगै डोनेट गरौं भन्न चाहन्छु।
निको भएकी युवतिको भिडियो सन्देश उनकै शब्दमा स्
म घर आइसकेपछि आइसोलेसनमा बसेको थिएँ। घर आएको चौथो दिनमा मेरो भियतनामी साथीले आफूलाई ‘कोभिड १९’ पोजेटिभ देखियो भनेको भएर म पनि परीक्षण गरिहालौँ भनेर त्यही दिन नै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आएँ। मैले सबै कुरा उहाँहरुलाई बताएँ ।
त्यसबेला मेरो खासै लक्षणहरु देखिएको थिएन। स्वाव निकालिएको दुई दिन पछि रिपोर्ट आउँदा म पनि कोभिड पोजिटिभ देखिए। यसरी म पनि नेपालकै दोस्रो ‘कोभिड १९’ पोजेटिभ केस हुन पुगे।
२७ दिनसम्म अस्पतालमा बसे। मेरो रिपार्ट आउने बित्तिकै मलाई सजिलो पार्न यहाँका डाक्टरहरुले घरमा एम्बुलेन्स पठाइदिनुभएको थियो। म आएकै दिन डा। अनुप बास्तोला लगायतले स्वागत गर्नुभयो र चिन्ता नगर्नुस् ठिक हुन्छ भनेर प्रेरणा दिइरहनुभयो।
त्यहीदिन देखि यहाँका डाक्टर, नर्स सबैले व्यवसायिक रुपमा मात्रै हैन मेरो उपचारमा व्यक्तिगत रुपमा पनि त्यतिकै खटिएर लाग्नुभएको छ। अस्पतालको रेखदेखमा म एकदमै सन्तुष्ट छु। विशेष गरि डाक्टर सागरराज भण्डारी र डा। बास्तोलालाई विशेष धन्यवाद भन्न चाहन्छु।
मलाई एकदिन खोकी लाग्दा त्यसको ४ र५ घण्टामै मेरो छातीको एक्सरे पनि भैसकेको थियो। त्यसैले मलाई अस्पतालमा केही कमी महशुस भएन।
मलाई टेकु आएको एक दुई दिनपछि बल्ल लक्षण देखिन थालेको हो। मलाई श्वास फेर्न अप्ठारो भएको थियो। पेटमा दुखाइ, खोकी लाग्थ्यो र थकाई चाँही एकदम चाँडै लाग्थ्यो।
म सेल्फ आइसोलेसनमा बसेकाले अरुलाई फैलन पाइन। तर धेरै मान्छेहरु आइसोलेसनमा बस्न पाएका छैनन्। मसँग जे सुबिधा थियो त्यो उहाँहरुसँग थिएन होला। जहाँ आइसोलेसन तथा अन्य सुबिधा पुगेको छैन त्यहाँ व्यवस्था गरिदिन सरकारलाई अनुरोध गर्छु।
सेल्फ आइसोलेसन महत्वपूर्ण हो भन्ने मेरो केसबाट पनि देखियो। म आइसोलेसनमा बसेकाले मेरो परिवारलाई नेगेटिभ आउनुभयो। सेल्फ आइसोलेसनमा बसेको थिएन भने मेरो परिवारलाई पनि फैलन्थ्यो र उहाँबाट अरु धेरैलाई पनि फैलन सक्थ्यो। यदि तपाई बाहिरबाट आउनुभएको छ भने अहिले सरकारले परीक्षण गर्ने सुबिधा दिएको छ, परीक्षण गरिदिनुहोला।
मिडियाको साइडबाट सकेसम्म यो महामारीको बेला कोरोना भाइरस रोगसम्बन्धि गलत सुचना सम्प्रेषण नगरिदिनुहोला। मिडियाले भयावह फैलाइदिदा लक्षण देखिएका मानिसहरु पनि परीक्षण गर्न आउनै डराउनुहुन्छ जस्तो लाग्छ। त्यस्तो मैले पनि महशुस गरेको थिए। मैले टेस्ट गराउँदा मेरोमा पनि नकरात्मक पोस्टहरु आइपुगेको थियो। त्यसबेला सत्यकुरा बोल्नुभएको पत्रकारलाई चाँही म धन्यवाद भन्छु ।
आफूलाई सकेसम्म बचाउनुहोला माक्स, ग्लोब्स, चस्मा लगाउनुहोला। सरकारले दिएका सुचनामा ध्यान दिनुहोला। धेरै हिडडुँल यसबेला नभएको राम्रो। सेल्फ आइसोलेसनमा बस्नुहोला भन्ने सुझाव सबैलाई दिन चाहान्छु।
अन्य संक्रमितलाई धैर्यताका साथ बस्नुहोला भन्न चाहान्छु। मेरो पनि यो एकचोटी ठिक भएको कुरो हैन। मेरो पनि लगातार परीक्षण गरेपछि नेगेटिभ आएको हो। केही समय लाग्ला तर केयर पुगिरहेको छ भने धेरै आत्तिनुपर्ने कुरो हैन। यसका लक्षणहरु नै मनलाई अत्याउने खाले रैछन्। श्वास फेर्न गाह्रो हुने लगायत लक्षणहरु भएपनि कृपया आत्मबल बढाउनुहोला। आफ्नो केयर गर्नुहोस्। ठिक चाँही हुनुहुनेछ।
अब रिकभरी हुनु भनेको मैले मेरो लागि राम्रो मौका पाएको छु। मेरो रिकभरी भएसँगै प्लाजमा एन्टिबडी भएको भएर यो सामाजलाई डोनेट गर्न पाउँछु। भविष्यमा कोही पनि कोरोनाको सिकिस्त विरामी देखिए भने मैले डोनेट गरेको प्लाज्माले सहयोग गरोस्। जो जो निको हुनुहुन्छ, उहाँहरुलाई पनि सँगै डोनेट गरौं भन्न चाहन्छु।
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएकी आफ्नी भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले थाहा पाईन् ।
गत फागुन ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि उपचारपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन् ।
नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया