गाईले हान्दा एक जनाको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा गाईले हानेर आज एक जनाको मृत्यु भएको छ ।

चराउन गएका बेला बाटोबाट गाईले हानेर धकेल्दा उक्त गाउँपालिकाको वडा नं ६ गोहारठाना बस्ने ५० वर्षीय चन्द्रबहादुर रासकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकै गाईवस्तु चराउने क्रममा गाईले हानेर बाटोमुनि पुगेका रासकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?