काठमाडौं । कोरोना भाइरसका कारण उद्योग–व्यवसाय धराशासी बनेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले सहुलियतको माग गरेको छ ।
बुधबार प्रेस विज्ञप्ती जारी गर्दै महासंघका अध्यक्ष नरेश कटुवालले घरभाडा र बैंकको ब्याजदरमा सरकारले सहुलियत दिनु पर्ने बताएका छन् ।
महामारीका कारण व्यवसाय नै संकटमा पर्न लागेको र घरभाडा तथा बैंकको ब्याजदर तिर्नै मुश्किल पर्ने अवस्था आउन लागेको भन्दै सहुलियत दिनु पर्ने महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।कटुवालले देशभर नै सामाग्रीको अभाव हुन लागेको अफवाह भएको र बजारमा वस्तु तथा सेवाहरु अभाव नरहेको लोकपथलाई बताए ।
लत्ता कपडा, जुत्ता, मेकअप लगायतका सामाग्रीहरु पर्याप्त छन्’ उनले भने । साथै उनले भएका वस्तुहरु सहज रुपमा उपभोक्तालाई बिक्री वितरण गर्न महासंघले व्यवसायीहरुलाई आग्रह समेत गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया