काठमाडौं । नेपाली कांग्रेस ससंदीय दलले संविधानसभा सदस्य एवं कांग्रेस सुनसरीका महासमिति सदस्य शिवनारायण उरावको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको ६१ वर्षको उमेरमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा यही वैशाख १ गते निधन भएको कांग्रेसले जनाएको छ ।
पार्टी प्रमुख सचेतक बालकृष्ण खाणले आज एक शोक वक्तव्यमार्फत उराव निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको निधनप्रति दुःख व्यक्त र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
विसं २०६४ को संविधानसभा सदस्य रहनुभएका नेता उराव समाजिक क्षेत्रमा पनि सक्रिय थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया