काठमाडौं । रुपन्देहीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-१ रानीकुवा बस्ने ३७ वर्षीय मान बहादुर छहारी मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया