लकडाउनमा थप कडाई, ३२६७ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय ७४ महिला सहित ३२ सय ६७ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउँसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

यसै गरी ३ सय ६९ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ४ सय ८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंबाट सबैभन्दा बढि २ हजार ७ सय ४० जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ७९ र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?