काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वकै ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वमा १९ लाख ५५ हजार ४५९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ लाख २३ हजार ४१८ जनाको ज्यान गएको छ भने ४ लाख ६२ हजार ५३७ जना उपचार पछि निको भएका छन् । विश्वमा अहिले ५० हजार ९८६जनाको अवस्था गम्भीर रहेको छ ।
२१० देशमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा अहिले सम्म २४ हजार ६०० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै संक्रमितको संख्या ५ लाख ९१ हजार ६४ रहेको छ । आजमात्रै अमेरिकामा ४ हजार १२३ जना नयाँ संक्रमित पाईएका छन् भने, आजै ९६० जनाको ज्यान गएको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म १८ हजार ५६ जनाको ज्यान गएको छ । आजमात्रै स्पेनमा ३०० जनाले ज्यान गुमाएका छन् भने, २ हजार ४४२ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै स्पेनमा जम्मा संक्रमितको संख्या १ लाख ७२ हजार ५४१ पुगेको छ । त्यस्तै इटालीमा अहिलेसम्म २१ हजार ६७ जनाले ज्यान गुमाएका छन् ।
आजमात्रै त्यहाँ ६०२ जनाले ज्यान गुमाउँदा आजै संक्रमितको संख्या २ हजार ९७२ थपिएको छ । त्यस्तै इटालीमा जम्मा संक्रमितको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ ।
त्यस्तै फ्रान्समा यो समाचार तयार पार्दासम्म १४ हजार ९६७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ १ लाख ३६६ हजार ७७९ जनलाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा १ लाख ३१ हजार १०० जनालाई अहिलेसम्म संक्रमण भएको छ । जर्मनीमा महामारीका कारण ३ हजार २६१ जनाले ज्यान गुमाएका छन् ।
आजमात्रै त्यहाँ १ हजार २८ नयाँ संक्रमित थपिँदा आजै नै ६७ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा अहिलेसम्म ९३ हजार ८७३ जनालाई संक्रमण भएको छ भने १२ हजार १०७ जनाको मृत्यु भएको छ ।
आज नै त्यहाँ ५ हजार २५२ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै बेलायतमा ७७८ जनाको मृत्यु भएको हो । त्यस्तै चीनमा अहिलेसम्म ३ हजार ३४१ जनाको ज्यान गएको छ आजमात्रै त्यहाँ८९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ईरानमा अहिलेसम्म ४ हजार ६८३ जनाको ज्यान गएको छ भने ७४ हजार ८७७ जनालाई कोरोनाको संक्रमण भएको छ ।
आजमात्रै त्यहाँ ९८ जनाले ज्यान गुमाएका छन् भने १५ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै टर्कीमा अहिलेसम्म १ हजार २९६ जनाको ज्यान गएको छ त्यहाँ जम्मा संक्रमितको संख्या ६१ हजार ४९ रहेको छ ।
त्यस्तै बेल्जियममा आज मात्रै २५४ जनाले ज्यान गुमाएका छन् । योसँगै जम्मा मृतकको संख्या बेल्जियममा ४ हजार १५७ पुगेको छ । आजमात्रै त्यहाँ ५३० जना नयाँ संक्रमित पाइएका छन् भने जम्मा संक्रमितको संख्या ३१ हजार ११९ रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा आजै १२२ जनाको ज्यान गएको छ । योसँगै त्यहाँ मृतकको संख्या २ हजार ९४५ पुगेको छ । त्यहाँ २७ हजार ४१९ संक्रमितहरु रहेका छन् भने आजैमात्र ८६८ जना नयाँ संक्रमित पाइएको छ ।
त्यस्तै स्विडेनमा पनि मृतकको संख्या १ हजार नाघेको छ । त्यहाँ अहिलेसम्म महामारीका कारण १ हजार ३३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ आजमात्रै ११४ जनाको ज्यान गएको हो ।
स्विडेनमा अहिलेसम्म ११ हजार ४४५ जनालाई संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म विश्वमा आजमात्रै ३ हजार ८३२ जनाको ज्यान गएको छ भने आज नै ३१ हजार ६११ नयाँ केस थपिएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
संयुक्त राष्ट्रसंघका १८९ जनालाई कोरोनाको संक्रमण, अहिलेसम्म ३ जनाको मृत्यु
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया