कोरोना महामारी : आजमात्रै ३४ सय बढीको ज्यान गयो, संक्रमित, ३७ हजार भन्दा धेरै नयाँ संक्रमित

काठमाडौं । कोरोना भाइरसको प्रकोपले अहिले सारा विश्वनै त्रसित बनेको छ । कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख १७ हजार ६५२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै महामारीका कारण यो समाचार तयार पार्दासम्म १८ लाख ८९ हजार ८४९ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै ४ लाख ३८ हजार १८० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वभर अहिलेसम्म ५० हजार ७७९ जनाको अवस्था गम्भीर रहेको छ । विश्वका २१० देशहरुमा फैलिईसकेको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म २२ हजार ९३० जनाको ज्यान गएको छ भने ५ लाख ६७ हजार ३८४ जनामा संक्रमण रहेको छ ।

त्यस्तै भाइरसको महामारीका कारण ७ हजार ८४ जना आजमात्रै अमेरिकामा नयाँ संक्रमित थपिएका छन् । त्यस्तै आजमात्रै अमेरिकामा ८२५ जनाले ज्यान गुमाएक छन् ।

त्यस्तै स्पेनमा आजसम्म महामारीका कारण १७ हजार ४८९ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या त्यहाँ १ लाख ६९ हजार ४९६रहेको छ आजमात्रै त्यहाँ २८० जनाले ज्यान गुमाएका छन् भने २ हजार ६६५ जना संक्रमित आजै थपिएका छन् ।

त्यस्तै इटालीमा आज मात्रै ५६६ जनाले ज्यान गुमाएका छन् । योसँगै इटालीमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या २० हजार ४६५ पुगेको छ ।

त्यस्तै आज मात्रै त्यहाँ थप ३ हजार १५३ जना संक्रमित पाइएको छ । त्यस्तै फ्रान्समा अहिलेसम्म १४ हजार ३९३ जनाले ज्यान गुमाएका छन् भने जर्मनीमा ३ हजार ३२, बेलायतमा ११ हजार ३२९, चीनमा ३ हजार ३४१, ईरानमा ४ हजार ५८५, टर्कीमा १ हजार २९६, बेल्जियममा ३ हवार ९०३, नेदरल्याण्ड्समा २ हजार ८२३, स्विट्जरल्याण्डमा १ हजार १३८, क्यानडामा ७३५ र ब्राजिलमा १ हजार २७० जनाको ज्यान गएको छ ।

आजमात्रै कोरोनाका कारण विश्वमा ३ हजार ४ सय ५८ जनाको ज्यान गएको छ भने आजै ३७ हजार ५९२ संक्रमित थपिएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?