काठमाडौं । कोरोना भाइरसबाट अत्याधिक प्रभावित देश अमेरिकामा सरकारले आफ्ना नागरिकहरुको सहयोगका लागि उनीहरुको अकाउन्टमा १ लाख ४५ हजार रुपैयाँ (१२०० डलर) ट्रान्सफर गर्ने फैसला गरेको छ ।
अमेरिकामा करोडौँ मानिसहरुको अकाउन्टमा उक्त पैसा बुधवारबाट पाईने बताईएको छ । यस मद्दतलाई युनिभर्सल इनकम पेमेन्ट भनिएको छ ।
२७ मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २.२ ट्रिलियन डलरको कोरोना भाइरस प्रोत्साहन प्याकेज घोषणा गरेका थिए । टेक्निकका कारण अकाउन्टमा पैसा नपाउनेहरुका लागि सरकारले चेक घरमै पठाउने बताएको छ ।
साथै बैंकको अकाउन्ट डिटेल्सका लागि सरकारले एक नयाँ वेबसाइट बनाउन सक्ने बताएको छ । अमेरिकामा बेरोजगारीको संख्या एक करोड ६८ लाख भईसकेको छ ।
कोरोना भाइरसको कारण इकोनोमीमा अत्याधिक असर परेको छ । त्यसैले अन्य कर्मचारीहरुको पनि जागिर जाने सक्ने प्रवल सम्भावना रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पले गएको महिना (Cares Act) लागू गरेका थिए ।
जस अनुसार अमेरिकी नागरिक एक वर्षमा लगभग ९१ लाख भन्दा कम कमाउँछन्, उनीहरुलाई अमेरिकी सरकारले १ लाख ४६ हजार २५७ रुपैयाँ दिने भएको छ ।
त्यस्तै वर्षमा ९१ हजार देखि १ लाख २० हजारसम्म कमाउनेहरुलाई अमेरिकी सरकारले सहायतास्वरुप कुनै रकम नदिने घोषणा गरेको छ ।
आफ्ना नगरिकहरुको साथै अमेरिकाले त्यहाँ बसिरहेका स्थायी वासीहरुलाई पनि सहयोग गर्ने भएको छ । तर भिसामा बसिरहेकाहरुलाई भने सरकारले कुनै सहयोग नगर्ने भएको हो ।
Nymag.com को एक रिपोर्टका अनुसार, ट्याक्स फाउण्डेशन नामाको संस्थाले अमेरिकामा ट्याक्स तिर्ने ९३.६ प्रतिशत मानिसहरुलाई १२०० डलर वा त्यो भन्दा केहि कम रुपैयाँ मिल्ने अनुमान गरेको छ । तर अमेरिकी सरकारमा विपक्षी पार्टी डेमोक्रेट्सले १२०० डलर दिनु पर्याप्त नभएको बताएको छ ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया