कोरोना महामारी : खानेकुरा किन्न हजारौँको लाइन !

काठमाडौं । कोरोना भाइरसले सारा विश्व्लाई नै ग्रस्त बनाएको छ । संसारका अधिकांश देशहरु लकडाउनको अवस्थामा छन् । विश्वका आधा भन्दा धेरै मानिसहरु आफ्नो घरमा कैद भएक छन् ।

अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायन र चीनमा कोरोनाको प्रकोप फैलिरहेको छ । अमेरिकामा महामारीका कारण अहिलेसम्म २२ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने ५ लाख ६० हजार ४३३ जनामा संक्रमण रहेको छ ।

संक्रमित मृतकको आँकडा दिनप्रतिदिन बढी नै रहेको छ । यसैबीच एउटा तस्वीर सार्वजनिक भएको छ । अमेरिकाका केहि राज्यहरुमा आम मानिसलाई खोनेकुरा किन्नका लागि पसल खोलिएको छ ।

त्यहाँ मानिसहरुले खानेकुरा किनेर लिएर जानसक्छन् । तर त्यहाँबाट सामा किन पनि मानिसहरुलाई त्यति सजिलो भने छैन । खानेकुराहरु किन्नको लागि मानिसहरु लाइन लाग्न बाध्य छन् ।

हालैमात्र अमेरिकाको पश्चिमी पेनसिल्भेनियाको एउटा तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । तस्विरमा सयौँको संख्यामा कारहरु रहेको देख्न सकिन्छ ।

उक्त कारमा बसेर मानिसहरु खानेकुरा किन्नको लागि लाइन लागिरहेको दृष्य हो यो । आफ्नो परिवारका लागि खाना किन्न भन्दै उनीहरु लाइन लागिरहेका छन्, त्यो पनि सयौँको संख्यामा । यो तस्वीरले सबैको मन भावविह्वल बनाएको छ ।

अमेरिकाको पेन्सिलभेनियामा महामारीको बेला खोलिएको उक्त खाद्यान्न पसलमा दिनमा १०० जनालाई नै खानेकुरा बेच्ने गरिन्छ । तर त्यहाँ घरमा खाद्यान्नको अभाव भएका मानिसहरुको लाइनले धेरैको मन नै स्तब्ध बनाएको छ ।

त्यहाँ घरको लागि खानेकुरा किन्न हरेक दिन ९०० देखि १५०० मानिसहरु जम्मा हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्इमहरुमा खबर प्रकाशित छ ।

त्यहाँको भीडलाई म्यानेज गर्न पुलिस प्रशासन नै खटाईएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?