रियल र बार्सिलोनाका पूर्व प्रशिक्षकको निधन

काठमाडौं । स्पेनका तीन ठुला क्लब रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । सर्बियाका प्रशिक्षक एन्टिकको आइतबार ७१ वर्षको उमेरमा मड्रिडमा निधन भएको हो ।

स्पेनका तीनै क्लबले पूर्व प्रशिक्षक एन्टिकको निधन भएको पुस्टि गरेको छ । उनी लामो समयबाट पेनक्रिएटाईटिस नामक रोगबाट ग्रसित रहेका थिए । सन् १९९० को दशकमा निकै चर्चित प्रशिक्षक एन्टिकले एट्लेटिको मड्रिडलाई सन् १९९६ मा ला लिगा र कोपा डेल रे उपाधि दिलाएका थिए ।

त्यसअघि उनले १९९१ देखि ९२ सम्म रियल मड्रिडको टिम हेरेका थिए । यस्तै उनले सन् २००३ सम्म बार्सिलोनाको टिम हेरेका थिए । उनले सन् २०१० को विश्वकपमा सर्बिया टिम हेरेका थिए ।

च्याम्पियनसिप क्लब लुटोन टाउनका लिजेण्ड एन्टिकले सन् १९८२ मा क्लबलाई दोस्रो डिभिजनको लिग च्याम्पियन बनाएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?