अत्याधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

काठमाडौं । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ ।  एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनको आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए ।

उनका तीन छोरी रहेका छन् । हाल उहाँको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?