कैलालीका संक्रमित युवासँगै फर्किने दाङका १० युवकको पहिचान खुल्यो

काठमाडौं । कैलालीका कोरोना संक्रमित युवासँगै आउने दाङका १० युवा भएको खुलेको छ । संक्रमित युवासँगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही-४ का पाँच युवा रहेका पुष्टि भएको छ। घोराही-४ का २२ वर्षीय दुई, १७ वर्षीय एक र २९ वर्षको एकजना भारतको मुम्बईबाट चैत १२ गते नेपाल आएका हुन् । संक्रमित युवासँगैको भिडमा साविक सोनपुर-२ का १९ वर्षीय युवा पनि रहेको भेटिएको छ ।

यसैगरी भारतको चेन्नईबाट आएका लमही-५ का २० वर्षीय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय पुरुष पनि संक्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ। त्यस्तै, राजपुर गाउँपालिका-६ का १९ र २६ वर्षका दुईजना युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?