पोग्बालाई युभेन्ट्सका डी लिटसँग साट्ने म्यान्चेस्टरको तयारी

काठमाडौं । इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले आफ्ना मिडफिल्डर पाउल पोग्बालाई युभेन्ट्सका युवास्टार म्याथिज डी लिटसँग साट्ने तयारी गरेको छ । नेदरल्यान्ड्सका स्टार डी लिटलाई अहिले स्पेनिस क्बल रियल म्याड्रिडको पनि आँखामा परेका छन् । यही बेला युनाइटेडले युभेन्ट्समा पोग्बा पठाएर डी लिटलाई अनुबन्ध गर्न चाहेको हो ।

डी लिटले इङ्लिस क्लबबाट खेल्न चाहेको र पोग्बा युनाइटेडमा त्यति खुशी नदेखिएकोले दुवै क्लबलाई सुखद संयोग हुने देखिएको छ । पोग्बा पनि पुरानो क्लब युभेन्ट्स फर्कन चाहन्छन् । चार सिजन युनाइटेडमा विताएका पोग्वाको पछिल्लो चाहना पनि क्रिस्टियानो रोनाल्डोसँग खेल्नु रहेको छ ।
युनाइटेडमा पोग्वाको सम्झौता अझै एक बर्ष बाँकी छ । युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पनि फ्रान्सेली स्टार पोग्बालाई इटाली पठाएर डट युवास्टार डी लिट ल्याउने तयारी भएको खुलासा गरेका छन् । २० बर्षीय डि लिट गत समरमा मात्र ६८ मिलियन पाउन्डमा युभेन्ट्समा पुगेका थिए । त्यहाँ उनी त्यति जम्न सकिरहेका छैनन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?