काठमाडौं । अष्ट्रेलियाली सरकारले विद्यार्थी, दक्ष कामदार र पर्यटकलाई घर फर्कन सुझाव दिएको छ । अष्ट्रेलियाली सरकारले शनिबार घोषणा गर्दै अस्थायी भिसा बाहेकलाई आफ्नो घर फर्कन सुझाव दिएको हो ।
अहिले अष्ट्रेलियामा अस्थायी २१ लाख ७० हजार पर्यटक छन् । कोरोना भाइरसको महामारीका कारण आर्थिक मन्दी र बेरोजगारी बढेको भन्दै सरकारले विद्यार्थी, दक्ष कामदार र पर्यटकलाई घर फर्कन सुझाव दिएको छ ।
उनीहरु अष्ट्रेलियाको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेको अष्ट्रेलियाका सहायक आप्रवासी मन्त्रीले बताएका छन् ।
तर अबको छ महिनासम्म आफ्नो खर्च धान्न नसक्ने अस्थायी भिसा भएका मानिसहरुलाई आफ्नो मुलुक फर्किन प्रेरित गरिने भन्दै सहायक आप्रवासीमन्त्री एलन टुड्गेले शनिबार भनेका छन्, ‘यस्ता मानिसहरुका लागि यो घर फर्किने समय हो र उनीहरुले घर फर्किने व्यवस्था छिटोभन्दा छिटो मिलाउनुपर्छ ।’
अष्ट्रेलिया सरकारले शनिबार गरेको घोषणामा पीआर पाउने मानिसहरु समावेश गरिएको छैन ।
हालसम्म अष्ट्रेलियामा ३० जनाको मृत्यु भईसकेको छ भने, ५ हजार ५५० जनामा कोरोना संक्रमण देखिएको छ ।
हिजो मात्रै पनि अस्ट्रेलियाका प्रधानमन्त्रीले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई अफ्ठेरो भए आफ्नो देश फर्किन सुझाव दिएका थिए । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नियमित प्रभातकालीन सन्देशमा बोल्दै उक्त सुझाव दिएका थिए ।

यो पनि पढ्नुहोस् : अस्ट्रेलियाली प्रधानमन्त्रीको नयाँ घोषणा : ‘अफ्ठेरो भए आफ्नो देश जानुहोस्’
क्यानबेरास्थित नेपाली दूतावासले गर्यो नेपाली विद्यार्थीहरूलाई यस्तो आह्वान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया