काठमाडौं । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको संख्या ६ जना मात्रै रहेको र पोखरामा कोरोनाको संक्रमण पुष्टि नभएको बताएपछि गण्डकी प्रदेश सरकारले भने संक्रमितको संख्या ७ जना रहेको उल्लेख गरेको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेव साइटमा कोरोना संक्रमितको संख्या ७ रहेको छ । केन्द्रीय सरकारले ६ भन्नु र कोरोना संक्रमणको पुष्टि भएको भन्दै गण्की प्रदेश सरकारले ७ भन्नुले अन्यौलता पैदा भएको छ ।
केन्द्र सरकारका अनुसार गण्डकी प्रदेश सरकारमा हालसम्म १९ वटा नमुना संकलन भएको र कसैको पनि रिपोर्ट पोजेटिभ आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया