मामाको छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौं । खुकुरी प्रहार गरी मामाको छोरालाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तादी गाउँपालिका ३ चौडाडा बस्ने २० वर्षीय सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तादी गाउँपालिकाकै मामाका छोरा २२ वर्षीय विकास तामाङलाई सन्दिपले सामान्य विवादका कारण खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विकासलाई उपचारका लागि ग्रान्डी अस्पताल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?