२५ जनाको ज्यान लिने चितुवा खोरमा फस्यो

काठमाडौं । २५ जनाको ज्यान लिने चितुवा खोरमा फसेको छ । बैतडी जिल्लाको तल्लोस्वराड मेलौली नगरपालिका वडा नम्बर ९ असुरमा विज्ञ टोलीले स्थानीय सामाग्रीको सहयोगमा बनाएको खोरमा चितुवा फसेको हो । चितुवाले तल्लोसोराड क्षेत्रमा २०६८ साल यता २५ जनाको ज्यान लिएको थियो ।

चितुवाले मानवबस्तीमा पसेर क्षति पुर्याउँदै आएको ठाउँमा फलामे र काठे खोर गरी तीन ओटा खोर राखिएको खोरमा फसाउन बाख्राको पाठी राखिएको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताएका छन् । यही चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई जना विज्ञ असुरमा पुगेर खोर निर्माण गरेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा र प्राविधिक रमेश दराईले मेलौली नगरपालिका ९ असुर गाउँमा पुगेर चितुवालाई नियन्त्रणमा लिनका लागि खोर राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?