काठमाडौं । रौतहट गौर नगरपालिका वडा नं– ४ स्थित लालबकैया नदिमा एक पुरुषको शव फेला परेको छ । शव पानीमा तैरिरहेको फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोली अहिले घटनास्थल भर्खरै पुगेको छ । अहिले मृतकको शवलाई पानीबाट निकालिएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रौतहट पठाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत भने हुन सकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया