काठमाडौं । फोर्ब्सको ३० वर्षमुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालका ६ युवा परेका छन् । फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूची (थर्टी अन्डर थर्टी) मा नेपालका ६ जना परेका हुन् ।
अमेरिकी म्यागजिन फोर्ब्सले यो वर्षका एसियाका तीन सय प्रभावशाली युवाहरूको सूची जारी गरेको छ । उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका ३० वर्षभन्दा कम उमेरका एसियाली युवाको नाम फोर्ब्सले बिहीबार सार्वजनिक गरेको हो ।
सूचीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया