काठमाडौं । नेपाली सेनाको मुख्यालयले कोरोना संक्रमण फैलिए संभावित परिस्थितको लागि तयार रहन सबै पृतनालाई निर्देशन दिएको छ । जंगी अड्डाले पृतनाहरूलाई तयारीसहित लकडाउनको विस्तृत कार्ययोजना बनाउन समेत निर्देशन दिएको हो । सेनाले पूर्वतयारी स्वरूप उपत्यका पृतनासहित सातवटै पृतनालाई यस्तो निर्देशन दिएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहन यस्तो निर्देशन दिइएको बताए । सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि चितवन लकडाउन भएको छ । त्यस्तै, कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
कोरोनाको संक्रमण भित्रिन नदिन निषेधाज्ञा जारी गरिएको हो । साथै, सरकारले आज १० बजेबाट एक साताका लागि भारत र चीनतर्फको अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवागमन बन्द गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएका थिए ।
यो पनि पढ्नुहोस् : के हो ‘लकडाउन’ ? के गर्नु हुन्छ, के गर्नु हुँदैन ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया