सिराहामा हवाई फायर गरी दुई जना भारतीय नागरिक पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । प्रहरीले सिराहाको मार्डरमा हवाई फायर गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरुलाई आज बिहीबार बिहान पक्राउ गरिएको हो । उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद भएको जनाइएको छ ।

प्रहरी गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?