कोप-३१ मा नेपालको सहभागिताबारे मन्त्री चौधरीले दिइन् सभामुखलाई जानकारी

लोकपथ
14
Shares

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यसै महिना टर्किएको अन्तल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताबारे सभामुखलाई जानकारी गराएकी छन् ।

मन्त्री चौधरीले जलवायु परिवर्तनबाट हुने क्षतिको क्षतिपूर्ति र त्यसबाट जोगिन आवश्यक सहयोगका लागि नेपालले विभिन्न कोषबाट आर्थिक सहायता पाउने जानकारी पनि दिएकी छन् ।

मन्त्री चौधरीका अनुसार नेपालले हानि तथा नोक्सानी कोषबाट दुई करोड अमेरिकी डलर र अनुकूलन कोषबाट चार करोड ५० लाख अमेरिकी डलर सहयोग प्राप्त गर्नेछ ।

मन्त्री चौधरीको निजी सचिवालयका अनुसार, उक्त जानकारी सभामुखलाई गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?