के हो ‘लकडाउन’ ? के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

काठमाडौं । चीनको वुहान शहरको सामुन्द्रिक बजारबाट गत डिसेम्बर अन्तिम साता फैलिएको यो भाइरस कोभिड १९ यो समाचार तयार पार्दासम्म विश्वका १ सय ८२ देशमा फैलिसकेको छ । १० लाख ४८ हजार २ लाख ४५ हजार नौ सय १६ जना मानिस यस रोगबाट संक्रमित भएका छन् । ८८ हजार ४ सय ६५ जना मानिस उपचार गरेर घर फर्किएका छन् । करोडौँ मानिस आइसोलेसनमा छन् । केही घरमा नै सेल्फ आइसोलेसनमा छन् । अधिकांश देशले हवाई र स्थल सीमामा प्रतिबन्ध लगाएका छन् । मानिसहरु डराएका छन् । व्यापार व्यवसाय ठप्प छ । शहरहरु सुनसान छन् । वैज्ञानिकहरु औषधीको खोजीमा जुटेका छन् ।

चीनले गत साता नै कोरोनाको औषधीमा सफलता मिलेको बताएको भएतापनि हालसम्म टेष्ट किट मात्रै बजारमा आएको छ । कोरोनाविरुद्धको खोपतयार पारेको भनेतापनि हालसम्म यसको पुष्टि भएको छैन । यद्यपी चीनले ल्याबबाट प्रमाणित भएको कोरोना टेष्ट किट विभिन्न देशमा पठाइरहेको छ ।

लकडाउन गर्ने तयारी

विश्लेषकहरु भन्छन्, यदि चीनले यो किसिमको ईनिसिएसन लिएको थिएन भने अहिले यो महामारी फैलिएर कैयौँ मानिसले ज्यान गुमाइसकेका हुन्थे ।

करिब ६ करोड जनसंख्या भएको हुवेइ प्रान्तको वुहानमा डिसेम्बर अन्तिम साता देखिएको पहिलो संक्रमणको प्रकृति बुझेको चीनले उक्त भाइरस रोक्न २० जनवरीमा हुवेइ प्रान्त र अन्य प्रान्तबीचको सम्बन्ध तोडिदियो । अर्थात् लकडाउन गर्यो । चीनको उक्त निर्णय पछि वुहानसहित हुवेइका मानिस अन्यत्र जान पाएनन् भने अन्य प्रान्तका मानिस पनि अति आवश्यकता र सरकारी निगरानी बाहेकमा त्यस क्षेत्रमा आउन बञ्देज लाग्यो ।

यो मुलुकको शासन व्यवस्था कडा भएको कारण सम्भव भएको कुरा सामाजिक सञ्जाल तथा मिडियामा बाहिरिएका केही भिडियो फूटेजमा प्रष्टै देखिन्थ्यो कि चिकित्सकहरु घरमै गएर संक्रमितलाई आइसोलेसनमा राख्न जबरजस्ती गरिरहेका थिए । तीव्र रुपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अरु धेरैमा नसरोस् भनेर लिइएको ‘सोसियल डिस्टेन्सिङ’को नीति नै लक डाउन हो ।

महामारी रोग फैलिन नदिन सरकारले यो निर्णय लिएको हो । अब तपाईं सोच्नुहोला कि नेपालमा भाइरस आएको छैन । हो,  आजसम्म विश्व  मानचित्रको नक्सामा नेपालमा हरियो रङ पोतिएको छ । तर मनन गर्नुहोस् ईटालीजस्तो देशले महामारीबाट कसरी ग्रसित हुनुपरेको छ ।  सुरक्षा नीति लिँदालिँदै पनि  कति आक्रान्त हुनुपर्यो ? बाजा बजाएर वा ‘ल आएँ  है’ भनेर त आक्रमक भाइरस नेपाल छिर्ने हैन नि ।

सामाजिक  सञ्जालमा  सरकारले लिएको लकडाउन नीतिको विरोध गर्दै हतारमा लिइएको निर्णय भन्दै केही मानिसहरुले आलोचना गरिरहेका छन् । तर चीनबाट एक दर्जन मुलुकमा नफैलँदै उपभोग्य वस्तु र मास्कमा कालोबजारी गर्नेहरुका कारण यदि यो भाइरस  नेपालमा देखिहाल्यो भने कुन स्थिति होला ? के यो हाम्रो नियन्त्रणमा रहला ? त्यसैले सरकारको विरोध गर्नैको लागि वा म जान्नेसुन्ने नै हुँ विश्व परिवेश कोही अरुले मबाट सिकुन् भन्ने भ्रममा परेर सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउनेहरुको निकृष्ट सोचबाहेक केही पनि होइन ।

विश्वका धेरै मुलुकले आफ्नो देश र जनतालाई बचाउन यो नीति लिएका छन् । फेरि यो नीति केही समयका लागि हो । समयमै लकडाउन नगरेका कारण केही मुलुकले यो भाइरसको उच्च जोखिम सामना गरिरहेको हामीले देखेका छौँ। त्यसकारण गम्भीर संकटको सामना गर्नुभन्दा पूर्वतयारी र सावधानीपूर्वक अघि बढ्नको लागि सरकारले यस्तो कदम लिनु स्वागतयोग्य छ ।

दिनरात कोसिस गर्दापनि कहीँ कतै औषधी र यो रोगविरुद्धको खोप बन्न नसकेको यथार्थलाई स्वीकार्दै यो विषम परिस्थितिमा बाँकी भएको रामवाण अर्थात् अस्त्र ‘लकडाउन’ नै भएको विश्व स्वस्थ्य संगठनले आफ्नो प्रेस नोटमा पनि भनेको छ ।

के गरिन्छ लकडाउनमा ?

सरकारले विगत ३ दिनदेखि निकै सावधानीपूर्वक विभिन्न निर्णय तथा कोभिडविरुद्धको तयारीका लागि काम थालेको छ । ६  दिन  अगाडिको सार्क राष्ट«हरुको भिडियो कन्फेरेन्समा पनि यो ठूलो लडाई भएकोले नेपालले आफ्नो तयारी पूरा गरेको त्यतिबेलै प्रधानमन्त्रीले भनिसकेका थिए ।

भिडभाड हुने ठाउँलाई कम गर्नु

पच्चीस जना भन्दा धेरै एकै ठाउँमा भेला हुन नपाइने

स्कुल, कलेज, विदा दिइ सबै पठनपाठन रोक्ने

डान्सबार, जीमखाना, जुम्बा, हेल्थक्लब, सिनेमा हल, थिएटर, म्युजियम, चिडियाघर बन्द

सबै राष्टि«य अन्तर्राष्टि«य  कार्यक्रम बन्द

समारोह, भेला, भेटघाट, गोष्ठी, ¥याली नगरिने

मानिस धेरै भेला हुने स्थान बसपार्क, एयरपोर्ट, सार्वजनिक सवारीको भीड बन्द गर्ने

सुरक्षा निकायले पूर्वतयारी तथा डेमोसहितको पर्फमेन्स गरिने

विपद आइलागेको अवस्थामा गरिने कार्यक्रमको वा प्याकेजको तयारी

परिस्थिति हेरेर यो नीतिलाई कठोर वा फुकुवा गर्न सकिन्छ ।

कुनै क्षेत्रमा यदि संक्रमण देखिहाले त्यो क्षेत्र पूरै लकडाउन गर्न सकिनेछ ।

लकडाउनमा के के हुनेछन् ?

अन्तरदेशीय आपूर्ति व्यवस्था सुचारु रहनेछन्

आन्तरिक आपूर्ति व्यवस्था नियमित हुनेछन् । त्यसैले दर्जनौँ सिलिन्डर घरमा थुपारेर अरुको चुल्होसम्म बल्न नदिने अपराध जोकोहीले गर्नुहुँदैन ।

एम्बुलेन्स तयारी हुनेछन् ।

अस्पतालमा विशेष तयारी हुनेछ ।

अग्नी नियन्त्रक अलर्टमा बस्नेछन् ।

सुरक्षा निकाय तयारी अवस्थामा छन् ।

खानेपानी, फोहोर बिजुलीजस्ता आधारभूत आवश्यकता सहजै पूर्ति हुनेछन् ।

अत्यावश्यकीय वस्तु ः नुन, तेल, चामल, ग्यास, इन्धन लगायत सरकारले तोकेको अति आवश्यक २९ वटा वस्तु तथा तिनीहरुको सेवामा कुनै कसर बाँकी नराख्ने गृह मन्त्रालयले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐनले प्रत्याभूत गरेका २९ वटा वस्तु तथा सेवा सुपथ मूल्यमा जनतालाई उपलब्धता गराउन सुनिश्चित गर्ने जनाएको छ ।

नआत्तिनुहोस् यी वस्तु तथा सेवा सहजै पाइनेछन् ।

खाद्य पदार्थ अन्तर्गत

  • चामल (मसिनो, मोटा)
  • मकै
  • चिउरा
  • गहुँ, मैदा र पिठो
  • दाल (रहर र मास)
  • नुन,
  • चिनी,
  • चिया
  • खाने तेल (तोरी, भटमास)
  • घ्यू (वनस्पतिसमेत)
  • दूध (बेबीफूड तथा पाउडरसमेत)
  • तरकारी (आलु, प्याज, गोलभेडा)
  • सबै प्रकारका मासु
  • फलफूल (मौसम, केरा, स्याउ, सुन्तला)
  • मसला (जिरा, मरिच, अदुवा, धनिया र खुर्सानी)

अन्य आवश्यकीय पदार्थ

  • औषधि
  • बाक्लो कपडा (४० काउण्ट सम्मको धोती साडी समेत)
  • लुगा धुने र नुहाउने साबुन
  • मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत
  • रासायनिक मल
  • दाउरा तथा कोईला
  • निर्माण सामाग्रीतर्फ
  • सिमेन्ट
  • फलामे छड
  • कर्कटपाता
  • जिआई पाईप तथा पोलिथिन पाइप
  • ईट्टा
  • काठ

शैक्षिक सामग्रीतर्फ

  • लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम
  • न्यूज प्रिन्ट

सरकारले ह्याण्ड स्यानिटाइजर र मास्कलाई पनि यो सूचीमा राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमण पुष्टि नभएका कारण नेपालले विदेशी मुलुकसँगको मानवीय सम्पर्क मात्रै तोडेको हो । यदि नेपालमा नै कोरोना संक्रमण रहेको पुष्टि भयो भने नेपालकै विभिन्न क्षेत्रमा पनि साँघुरा लकडाउनहरु हुनसक्छन् ।  कुनै भेगलाई मात्रै लकडाउन गरिने अथवा एउटा गाउँ पनि लकडाउन हुनसक्छ । अहिले पहिलो चरणमा उपत्यका लगायतका सिमावर्ती शहरमा ‘लकडाउन’ गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ।

पहिलो चरणको ‘लकडाउन’ पछि पनि अवस्था सामान्य नभए दोस्रो चरणमा ‘लकडाउन’ कडा हुने जानकारहरु बताउँछन् । तर यदि सरकारले अहिलेजस्तै प्रभावकारी काम गरेको खण्डमा यसको नतिजा राम्रो आउनेछ । जसरी चीन आज  विस्तारै पहिलेको लयमा फर्कन थालेको छ । यो उसले लिएको नीति हो । तर यदि अवस्था भयावह भयो भने नागरिकलाई घरमै अनिवार्य रुपमा बस्न आदेश दिइनेछ। आदेश उल्लंघन गरे कारवाही गर्ने व्यवस्था हुनेछ।  उदाहरणको लागि काठमाडौंलाई ‘लकडाउन’ गरियो भने यहाँ रहेका व्यक्ति अत्यावश्यक काममा अनुमति लिएर मात्रै यहाँबाट बाहिर जान पाउनेछन् । त्यो पनि संक्रमण नफैलिएको अवस्थामा । सोहीअनुरुप  तपाई काठमाडौं आउन मिल्दैन । अर्को गाउँ वा शहरमा पनि यही प्रकृतिले काम गरिन्छ ।

छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरूपमा ‘जनता कर्फ्यु’ लगाउने निर्णय गरिसकेको छ ।  नेपालले पनि कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि लकडाउन गर्न सक्छ । बुझिने भाषामा यो कठोर सुरक्षा हो । तर आफ्नो मुलुक लकडाउन गरेको अमेरिकाले जनतालाई विभिन्न प्याकेज घरघरमा पु¥याएको छ । लकडाउनको अर्थ तपाईको सेवाको लागि सरकार नै छैन भन्ने होइन ।

नेपालमा के हुँदैछ  ?

सिंगो विश्व आक्रान्त भएको वेला यो भयावह महामारीको डरबाट नेपाली पनि गुज्रिरहेका छन् । चैत्र ६ गतेबाट हुने भनिएको एसईई परीक्षा अन्तिम अवस्थामा आएर सरकारले स्थगित गर्ने निर्णय सुनाएपछि केही भइहाल्ने पो हो कि ? भनेर आम नागरिकले त्रासको नजरले हेरिरहेका छन् ।

नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। करिब ४०० जनालाई आइसोलेसनमा राखी चेकजाँचपछि कोरोना नभएको पुष्टि भएपछि घर फर्काइएको छ ।

देशका सबै प्रदेशमा आइसोलेसन वार्ड र कोरोनाको उपचारका लागि छुट्टै अस्पताल बनाइएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रमक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासिल गर्न सकेको छैन । हालसम्म नेपालमा यो संक्रमण आइसकेको छैन । तर हिजोबाट सरकारले करिब सबै सार्वजनिक स्थल ‘लकडाउन’ गर्न निर्देशन दिएको छ ।

यसैबीच देशभरका मन्दिरहरुमा मानिसको चहलपहल नघटेको भन्दै समाचारहरु बाहिरिएपछि धेरै मठमन्दिर, शिवालय बन्द भएको छ । उता मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा शनिबारबाट आरती रोकिँदैछ । भक्तजनको चाप कम भइरहेको छ । २५ जनाभन्दा बढी मलामी नजान अनुरोध गरिएको छ ।

उता चितवनमा पनि हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशहरुले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै नेपाल सरकारले देश हालसम्म सुरक्षित रहेको र अब कोरोना भित्रन नदिन भन्दै कोरानाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध २० मार्च अर्थात् शुक्रवारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’

उपप्रधान तथा रक्षामन्त्री एवम् समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।

हिजोको बैठकले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । अत्यावश्यक काम वाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।

बैठकले  एसईई पनि स्थगित गरेको छ भने चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ । निकै ढिलो गरी सावधानी अपनाएको आलोचना खेपेको नेपाल सरकारले अहिले निकै होसियारी अपनाउदै रणनीतिक ढंगले देश र नागरिकलाई कोरोनामुक्त बनाउन लागेको देखिन्छ ।

यस भाइरसको प्रकृति निकै संक्रामक भएका कारण हाच्छ्यु गर्दा, खोक्दा पनि सजिलै सर्छ । नागरिकको स्वास्थ्यउपचारमा खटिएका चिकित्सकलाई पनि संक्रमण भएको हुँदा निकै सावधानी अपनाउन जरुरी छ । सरकारले नागरिकलाई कामका वेला बाहेक भिडभाडमा नजान, घुमफिरको लागि यात्रा तय नगर्न तथा उपभोग्य वस्तुको खपत सन्तुलित गर्न भनिरहेको छ ।

वैज्ञानिकको दाबी

यतिबेला विश्व समुदाय कोरोनाको कारण आक्रान्त बनेको छ । विज्ञ तथा वैज्ञानिकहरुले त्यसको रोकथामको लागि पहल गरिरहेका छन् । अष्ट्रेलियामा पिटर डोहर्टी इन्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटी अष्ट्रेलियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक महत्वपूर्ण तथ्य पत्ता लागेको जनाएका छन् । जसका कारण अष्ट्रेलियाका वैज्ञानिकले पाएको सफलताले यो महामारीमा नयाँ आशा जगाएको जनाइएको छ ।

उक्त परिक्षणका लागि वैज्ञानिकले कोरोना संक्रमित ४० वर्षीया महिलाको रगत जाँच गरेका थिए र त्यसबाट हरेक मानिसको शरीरको प्रतिरक्षा प्रणालीले जसरी आमरुपमा फ्लुसँग लड्छ, त्यसैगरी कोभिड १९ विरुद्ध पनि लड्न सक्छ भन्ने पत्ता लागेको जनाइएको छ । त्यसैका आधारमा मानव शरीरको प्रतिरक्षा प्रणालीले कोरोना संक्रमणविरुद्ध कसरी काम गर्छ भन्ने कुरा पत्ता लागेको हो । साथै त्यसको सफल परीक्षणपछि निदानका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान वैज्ञानिकको रहेको छ ।

डाक्टरहरुको निगरानी तथा उपचारका कारण कोरोनाबाट संक्रमित ती महिला अहिले स्वस्थ भइसकेको जनाइएको छ भने उक्त परीक्षणबाट कोरोनाको निदान गर्न सकिने दाबी वैज्ञानिकहरुको रहेको छ ।

दूतावासको आग्रह

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीस्थित नेपाली दूतावासले कुनै पनि नेपालीलाई बिदा लिएर नेपाल नफर्कन आग्रह गरेको छ । दूतावासले सूचनामार्फत संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिइ नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई यूएई ल्याउनेलगायतका कार्यहरू तत्काल बन्द गर्न आग्रह गरेको छ ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न युरोपका सबै मूलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू ः इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यरातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको सङ्ख्या घटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकले कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको सङ्ख्या घटाउन निर्देशन दिएको हो ।

गृहमन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोनाभाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकाल्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको थियो ।

कोरोनाको वस्तुस्थिति, पूर्वतयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बसेको बैठकले उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको निष्कर्ष निकालेको हो । भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्ने तर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडाई गर्नुपर्ने निष्कर्ष कार्यकारी समितिको बैठकको छ।

मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुमा सेवाग्राहीको भीड हुने गरेको कुरा मध्यनजर गर्दै पानी, विद्युतको महसुल तिर्ने वा अन्य राजस्व बुझाउने कार्यालयहरुसँग समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्ने वातावरण मिलाउने र बसपार्क जस्ता धेरै भीड हुने ठाउँमा सतर्कता अपनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

यसैबीच ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिएको छ । नेपालको एक मात्रै चिडियाखाना शुक्रबारदेखि कार्यान्वयन हुने गरी चिडियाखाना प्रशासनले बिहीबार यो निर्णय गरेको हो। विद्यार्थीहरुको स्कुल विदा हुने भएका कारण यो महिनाभर आगन्तुकको संख्या बढ्ने भएकोले भिडभाड हुने र संक्रामक रोग फैलिने जोखिम भएकाले यस्तो निर्णय गरिएको हो ।

कोरोनाको कारण विश्व बजारमा यतिखेर ठूलो असर परेको छ । संक्रमणबाट थप जटिलता नआओस् भन्नका लागि निश्चित अवधिका लागि होटल, सिनेमाघर, अन्य सर्वसाधारणको भीड हुने ठाँउहरु बन्द भइरहेका छन् ।

यसैक्रममा नेपालमा पाँचतारे होटल हायत बन्द भएको छ । कोरोनाको त्रासले पर्यटक गतिविधि नै नगन्य भएपछि हायत होटलले ६ हप्ता बन्द गर्ने निर्णय गरेको सञ्चालकले जनाएको छ । होटल सञ्चाकका अनुसार आइतबारबाट होटल ह्यात ६ हप्तालाई बन्द गर्ने निर्णय भएको हो। साथै त्यो बेला बेलासम्म कोरोना भाइरस नियन्त्रणमा आएन भने अझै बढ्न सक्ने पनि महासंघले जनाएको छ । साथै होटलले बन्द अवधिभर आफ्ना कर्मचारीलाई १२ दशमलव ५ प्रतिशत तलब सुविधा दिने निर्णय समेत गरेको जनाएको छ ।

त्यस्तै पर्यटकको आगमनमा आएको कमीका कारण व्यवसायीहरु होटलहरु बन्द गर्न थालेका हुन् । यसै कोरोनाकै कारण नेपालका अन्य पाँचतारे होटल भिभान्ता, सोल्टी र समिट पनि बन्द गर्ने प्रक्रिया अघि बढेको छ । कोरोनाभाइसरको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृतिलाई स्थगित गरेको छ । श्रम स्वीकृति रोकेपछि धेरै रोजगारका लागि विदेश जान पाएनन् । तर, सरकार वैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । बिहिवार विशेष पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवम् अर्थमन्त्री तथा सञ्चरमन्त्री डा. युवराज खतिवडाले उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका हुन् ।

सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बालगृह र अनाथालयमा समेत पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीवारको बैठकमा सांसदहरुले बालगृह, अनाथालाय र कारागार कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद सुवासचन्द्र नेम्वाङले बढी भीड हुने स्थानहरुमा बालगृह, अनाथालय र कारागार पनि रहेको भएपनि यसतर्फ कसैको ध्यान नगएको भन्दै सरकारले समयमै व्यवस्थापन गर्नका लागि समितिले निर्देशन दिनुपर्ने बताए । उनले ‘बालबालिका जम्मा भएका बालगृहहरु, अनाथालयहरु पनि अप्ठेरो अवस्थामा रहेको बताउँदै भने, हामीले यसबारेमा प्रष्ट एउटा छुट्टै बुँदा, यो कारागार, बालगृह र अनाथालय यिनीहरुको बारेमा सरकारले गर है आवश्यक कार्य भनेर भन्दिनु राम्रो हुन्छ ।’

नेपाल समुद्रपार निकासी पैठारी संघले अप्ठेरो बेला सरकारलाई सहयोग गर्ने तथा आपूर्ति चेन बिग्रन नदिने प्रतिबद्धता जनाएको छ । संघको एक प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई भेटेर कोभिड–१९ ले सिर्जना गरेको अहिलेको अप्ठेरो अवस्थामा आपूर्ति चेन खल्बलिन नदिन तथा कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई सघाउने प्रतिबद्धता जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताएका हुन् । उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पष्ट पारे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण खाद्य संकट नहुने भन्दै अत्यावश्यकीय वस्तुहरुको लागि नआत्तिन अनुरोध गरेका छन् । बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने – ‘कोरोनाका कारण अत्यावश्यकीय वस्तुहरुको अभाव हुन्छ भनेर नआत्तिनुस, ४ देखि ६ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात छ ।’ साल्ट ट्रेडिङसँग अहिले ३ महिनालाई पुग्ने चिनी र १० महिनालाई पुग्ने नुन मौज्दात छ । व्यवसायीहरूसँग समेत चिनी र नुन मौज्दात छ । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक–दुई दिनमै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सहुलियत पसल खोल्छ ।’

खाना पकाउने ग्यास अभाव हुँदैन । विकल्पमा बिजुलीको प्रयोग गर्नुहोस् । पेट्रोलियम पदार्थको बिक्रीवितरण नियमित छ । आत्तिनुभएन । बजारमा ८ महिना पुग्ने औषधि छ । ‘मास्क र स्यानिटाइजर’को आपूर्ति कम र माग बढी हुँदा केही अभाव सिर्जना भएको मन्त्री ढकालले बताए ।

छिमेकी मुलुक चीनको वुहान सहरबाट अंग्रेजी वर्षको डिसेम्बर अन्तिम सातादेखि शुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्व त्रसित बनेको छ ।

विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रामक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासिल गर्न सकेको छैन । हालसम्म नेपालमा यो संक्रमण आइसकेको छैन । तर हिजोबाट सरकारले करिब सबै सार्वजनिक स्थल ‘लकडाउन’ गर्न निर्देशन दिएको छ ।

यसैबीच सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले आपूर्ति व्यवस्थापन, तथा व्यवसायीलाई परेको अप्ठेरो हेरेर अर्थमन्त्रालयले काम गर्ने बताएका छन् । सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले यो भाइरसका कारण परेको अप्ठेरो समाधानका लागि होटल व्यवसायीलाई ऋण तथा अन्य वित्तीय समस्या समाधान गर्न सरकारले गृहकार्य गरिरहेको बताए ।

सरकारले कोरोना भाइरस रोकथामका लागि १ महिनादेखि पूर्वतयारी गरेकोले हवाई तथा स्थल मार्गमा सावधानी अपनाइएको बताए । उनले भने, ‘१ सय ४१ सिमा स्थलमार्गमा सवाधानी अपनाइएको छ। यसका साथै आइसियु बेड, स्वास्थ्यकर्मीलाई चाहिने उपकरण, औषधी, क्वारेन्टाइन, आइसोलेशन वार्डको व्यवस्था गरिएको छ । कोरोना रोकथामका लागि निजी स्वास्थ्य संस्था, सुरक्षाकर्मीलाई आग्रह गरिएको छ ।’

नागरिक सुरक्षाका लागि वैदेशिक रोजगारी तत्काल रोकिएको बताउँदै उनले भने विदेशबाट नेपाल फर्किनेलाई पनि रोकिएको छ ।

छिमेकी देशले उपकरण तथा प्राविधिक सहयोग गर्ने बताएको उल्लेख गर्दै उनले कालोबजारी गर्नेलाई समातिरहेको बताए । अहिले बजारमा मास्क स्यानिटाइजर, ग्यास अभाव सिर्जना गरिएको छ ।

कोरोनाबाट सबैभन्दा छिटो पर्यटन व्यवसाय, हवाई क्षेत्र, होटल, ह्यान्डीक्राफ्ट व्यवसाय प्रभावित भएको र छिट्टै आफ्नै लयमा फर्कने उनको भनाइ छ । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटनको ३ प्रतिशत योगदान रहेकोले फ्रेबूअरी र मार्चमा भएको पर्यटनको क्षतिलाई अफसिजनमा छिमेकी देशबाट पर्यटक ल्याएर पूर्ति गर्न सकिने उनको भनाइ छ ।

विदेश जान रोकिएकालार्इ प्रधानमन्त्री रोजगारी कार्यक्रममा सुचिकृत हुन उनले आग्रह गरे । उनले थपे, सानो ठूलो वा टेबुल वर्क गर्छु भनेर मात्रै भएन ।

रेमिट्यान्स कम भएपनि अहिलेको स्थितिमा समस्या नपर्ने उनी बताउँछन् । आर्थिक क्षेत्रमा प्रतिकूल अवस्था परिसकेको छैन ।

रसुवागढी नाकामा १४ दिनभन्दा बढी समय होल्डमा बसेका कन्टेनर छुटाउनेबारे छलफल भइरहेको छ ।

केही विकासका आयोजनामा चिनियाँ कामदार स्वदेशमा रोकिएका कारण केही समयपछि फर्कने र आयोजनाको काम अघि बढ्ने उनको विश्वास छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?