काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि कक्षा ९ को रजिस्ट्रेशन फारम भर्ने तथा भराउनेसम्बन्धी सूचना जारी गरेको छ ।
बोर्डका अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले आगामी एसईई परीक्षाका लागि रजिस्ट्रेशन फारम भर्नुपर्नेछ । विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।
रजिस्ट्रेशन फारम भर्दा प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । तोकिएको समयभित्र आफ्ना विद्यार्थीको रजिस्ट्रेशन फारम भराउन सम्बन्धित विद्यालयलाई बोर्डले आग्रह गरेको छ ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षाका लागि परीक्षा आवेदन फारम भर्ने तथा भराउनेसम्बन्धी छुट्टै सूचना पनि जारी गरेको छ । उक्त सूचनाअनुसार परीक्षा आवेदन फारम भर्ने प्रक्रिया अघि बढाइनेछ ।
एसईई २०८४ मा सहभागी हुन इच्छुक विद्यार्थी तथा सम्बन्धित विद्यालयले बोर्डले जारी गरेका सूचनाअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया