निर्भया काण्ड : राष्ट्रपतिसँग दोषीका परिवारले भने हाम्रो पूरा परिवारलाई ईच्छामृत्यु दिइयोस्

काठमाडौं । निर्भया सामुहिक बलात्कार केसका चारै दोषीहरुको परिवारका सदस्यहरुले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेख्दै इच्छामृत्युको माग गरेका छन् ।

इच्छामृत्यु माग्नेहरुमा दोषीहरुका माता पिता, भाई बहिनी र उनका बच्चाहरु सामिल छन् ।

निर्भयाका दोषीहरुलाई परिवारका सदस्यहरुले राष्ट्रपतिलाई लेखेको चिठीमा उनीहरुले देशका राष्ट्रपति रामनाथ कोविन्द र पीडितका माता-पितासँग अनुरोध गर्दै आफ्नो अपीललाई स्वीकार गर्दै आफूलाई इच्छामृत्यु दिन आग्रह गरेका छन् ।

परिवारका सस्यहरुले इच्छा मृत्यु दिएपछि भविष्यमा हुने कुनै पनि अपराध रोक्न सकिने बताएका छन् ।

उनीहरुले भने,  ‘हाम्रो पूरा परिवारलाई इच्छामृत्यु दिइयो भने निर्भया जस्ता दोश्रो घटना हुनबाट रोक्न सकिन्छ ।’

दोषीका परिवारले संसारमा माफ गर्न नसकिने पाप केहि पनि नभएको भन्दै यस अगाडि पनि देशमा महापापीहरुलाई माफ गरिएको बताएका छन् ।

निर्भयाका दोषीहरुले फाँसीबाट बँच्नको लागि राष्ट्रपति समक्ष दया याचिका प्रस्तुत गरेका थिए ।

निर्भयाका चारै दोषी अक्षय सिंह ठाकुर, पवन गुप्ता, विनय शर्मा र मुकेशलाई २० मार्च विहान साँढे पाँच बजे फाँसी दिने मिति तोकिएको छ ।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

निर्भया काण्ड : चारै दोषीहरुको अन्तिम फाँसीको मिति तय, कहिले हुने भयो ?

निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै

निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?

निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे

 निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?

निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?