होसियार ! महाशिवरात्रीका दिन पशुपतिमा सादा पोशाकमा खटिनेछ प्रहरी

काठमाडौं । महाशिवरात्रीलाई सभ्य र भव्य बनाउनलाई यस वर्ष पशुपतिनाथ परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटाइने छ ।

बुधवार पत्रकार सम्मेलन आयोजना गरी पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको दिन कडा सुरक्षा तथा निगरानीको व्यवस्था गरेको जानकारी दिएको हो ।

सादा पोशाकमा समेत प्रहरी परिचालन गरी परिसरलाई विशेष निगरानी गर्ने कोषका सचिव डा.प्रदिप ढकालले बताए ।

पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत तथा महाशिवरात्री व्यवस्था मूल समिति २०७६ अन्तर्गत सुरक्षा उपसमितिका सचिव गौरीशंकर पराजुलीका अनुसार सादा पोशाकमा भएका प्रहरीले समग्र परिसरलाई निगरानीमा राख्नेछन् । यसो गर्नाले भीडभाडमा महिलामाथि दुव्र्यवहार, चोरी, अभद्र व्यवहार लगायतका गतिविधिहरु केही हदसम्म नियन्त्रणमा आउने उनको भनाइ छ ।

साथै यस वर्ष महाशिवरात्रीका दिन पशुपति क्षेत्रमा ५ हजार स्वयम्सेवक खटाइने छ । देश तथा विदेशबाट त्यस दिन १० लाखभन्दा बढी दर्शनार्थी भित्र्याउने लक्ष्य लिएको कोषले सेवासुविधा चुस्त दुरुस्त बनाउनका निमित्त ११ उपसमिति गठन गरेको छ ।

उपसमितिहरु

१. सुरक्षा व्यवस्था उपसमिति
२.आवास, भोजन तथा भौतिक पूर्वाधार उपसमिति
३.प्रचार प्रसार उपसमिति
४. साधुसन्त तथा धार्मिक उपसमिति
५.वातावरण, सरसफाई तथा जुत्ताचप्पल व्यवस्था उपसमिति
६. स्वास्थ्य सेवा व्यवस्था उपसमिति
७. मेला बजार तथा साजसजावट उपसमिति
८. स्वयसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था उपसमिति
९. स्वयंसेवा परिचालन एवं अनुगमन उपसमिति
१०. सरकारी निकाय समन्वय समिति
११. अनुगमन, मुल्याङ्कन तथा तथ्याङ्क संकलन उपसमिति

यसअघि लोकपथमा प्रकाशित यो समाग्री छुटाउनुभएको भए यस लिंकमा क्लिक गरी पढ्नुहोस् ।

महाशिवरात्रीको लागि चिटिक्कै पशुपतिनाथ (१९ फोटोमा हेर्नुस्) 

महाशिवरात्री : पशुपतिमा विशेष पासको व्यवस्था छैन, सबैले बस्नैपर्छ लाइन

पशुपतिमा महाशिवरात्रीको तयारी पूरा, यी ४ बाटो हुँदै जानुस् दर्शन गर्न

गाँजाभाङ खाए प्रहरी खोरमा, महाशिवरात्रीको लागि सबै तयारी पूरा

यसपाली शिवरात्रीमा पशुपतिनाथमा देखिनेछ यो अनौठो दृश्य, नेपालीले सिक्ने कि !

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो १७ फोटोमा

आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

यस्तै छन् हाम्रा आरोग्यदेव: पशुपतिनाथ

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

धर्मनिरपेक्षता, भ्रम र यथार्थ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?