काठमाडौं । आजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको एनपीएलको तेस्रो सिजनलाई प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले उद्घाटन गरेका हुन् ।
तेस्रो संस्करणसम्म आइपुग्दा खेल मैदानमा भएको परिवर्तन, खेलमा थपिएको डीआरएस र आईसीसीले समेत मान्यता दिएपछि थप उत्साह थपिएको छ ।
उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिष्पर्धा हुँदैछ । अघिल्लो पटकको बिजेता लुम्बिनी र उपविजेता बनेको सुदूरपश्चिमले पहिलो खेलमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।
एनपीएलको तेस्रो संस्करण आगामी मंसिर ५ गतेसम्म चल्नेछ । यो पटक विदेशी खेलाडीहरुको समेत उल्लेख्य सहभागिता रहेको छ ।
उद्घाटन खेल हेर्न प्रधानमन्त्री बालेनसहित मन्त्रीहरु, उच्च पदस्थ व्यक्तिहरुको समेत उपस्थिति रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया