बागमती । मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याइएका चाँदीका विभिन्न किसिमका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीका अनुसार हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बा ३ च ७०७९ नम्बरको कारबाट उक्त सामग्री बरामद गरिएको हो ।
कारको डिक्कीमा फल्स बटम बनाई लुकाइछिपाइ ल्याइएका चाँदीका गरगहना तथा सिक्कासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बरामद गरिएका गरगहना तथा सिक्काको बजार मूल्य करिब ४० लाख ६९ हजार ६६१ रुपैयाँ रहेको छ । बरामद सामग्रीसहित चाँदीको कुल तौल १४ किलो १८० ग्राम रहेको जनाइएको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारीका रमेशकुमार साह सोनार, चन्दादेवी सोनार, अजित साह सोनार र नन्दनीकुमारी साह रहेका छन् ।
प्रहरीले पक्राउ परेका चारै जना तथा बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?













प्रतिक्रिया