काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत चौधरीको उच्च पदस्थ कर्मचारीको सेवा प्रवेश तथा बढुवाको लागि पेस गरेको शैक्षिक प्रमाणपत्रहरु नक्कली रहेको भन्दै उजुरी परेको थियो ।
उक्त उजुरीको अनुसन्धान गर्दा चौधरीले बिहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट जारी भएको आईए तहको मार्कसिट स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट समेत झुटा तथा नक्कली पेश गरेको फेला परेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनले सोही प्रमाणपत्रका आधारमा विभागको ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि हुन आएको भन्दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुरमा मुद्दा दायर भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया