कुमार बेनविरुद्ध जाहेर परेको पत्र भाइरल, काठमाडौं प्रहरी भन्छ- ‘थाहा छैन हजुर’

लोकपथ
0
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यन्जनकार (कुमार बेन) विरुद्ध कुनै जाहेरी कार्यालयमा नपरेको दाबी गरेको छ ।

प्रहरी अनुसन्धानमा रहेका विचौलिया इनम सापकोटाको मोबाइल कब्जा गरी विभिन्न गोप्य म्यासेज डिलेट गरेको भन्ने आरोप खेपिरहेका कुमार बेनविरुद्ध भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा उजुरी परेको पत्र बाहिरिएको थियो ।

तर जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कुनै जाहेरी नआएको लोकपथसँग दाबी गरे ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनविरुद्ध जाहेरी परेको हो भन्ने लोकपथको प्रश्नमा थापाले भने, ‘खै त्यस्तो त थाहा छैन हजुर ।’

भाइरल पत्रबारे उनले अनविज्ञता प्रकट गरे । उनले उक्त पत्रबारे कुनै जानकारी नभएको लोकपथलाई बताए ।

‘खै कुन कस्तो पत्र हो थाहा भएन, हाम्रोमा त्यस्तो विवरणको कुनै जाहेरी आएको छैन,’ उनले लोकपथसँग भने ।

विचौलियाका रुपमा उच्च पदस्थ व्यक्तिहरुसँग उठबस रहेका सापकोटालाई प्रहरीले पक्राउ गरी सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको छ । तर प्रधानमन्त्रीका मुख्य सल्लाहकारसहित मन्त्रीहरुसँग समेत इनमको उठबस रहेको बाहिरिएपछि त्यसबारे प्रधानमन्त्रीका मुख्य सल्लाहकारदेखि गृहमन्त्रीको सचिवालयसम्म सक्रिय भएको बताइन्छन् । कुमार बेनले इनामको फोन प्रहरीको फरेन्सिक ल्याबमा जानु पहिल्यै ललितपुरको ज्वागलस्थित आफ्नो घरमा लगेर आफूसँग र अन्य निकटका व्यक्तिहरुसँग भएका कुराकानीहरु डिलेट गरेको आरोप छ ।

भाइरल पत्रमा के छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?