दुई महिनामा ८८७ व्यापारिक फर्ममा विभागको अनुगमन, ७४ वटालाई कारबाही

लोकपथ
0
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन तीव्र बनाएको छ ।

विभागले असोज र कात्तिक महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरी २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक रितेश कुमार शाक्यका अनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन दैनिक पाँचदेखि १० वटासम्म टोली परिचालन गरिँदै आएको छ ।

बजारमा हुने व्यापारिक अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्नु अनुगमनको मुख्य उद्देश्य रहेको उनले बताए । उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा पाउने वातावरण बनाउन विभागले नियमित अनुगमन गरिरहेको उनको भनाइ छ ।

विभागले खाद्यान्न तथा किराना पसलदेखि होटल, रेस्टुरेन्ट, ग्यास स्टोर, कपडा पसल, कस्मेटिक, अटो पार्ट्स, तरकारी तथा फलफूल पसलसम्म अनुगमन विस्तार गरेको छ ।

उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न विभागले विभिन्न व्यापारिक क्षेत्रमा निगरानी बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?