काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।
मंगलबार २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ हजार ३ सय रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
यसरी पछिल्लो समय नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया