काठमाडौं । सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘छठ सम्बन्ध २०८३’ कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले कर्मचारीबीच सांस्कृतिक सम्बन्ध विस्तार, नेतृत्व विकास तथा संस्थागत सहकार्यलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
‘कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट’ नारासहित आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, वरिष्ठ कार्यकारी, मधेश प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा छठ पर्वको सांस्कृतिक महत्त्व, मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका विषयमा चर्चा गरिएको थियो। साथै कर्मचारीबीच आपसी सम्बन्ध विस्तार, नेतृत्व क्षमता विकास र संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बैंकले जनाएको छ ।
मधेश प्रदेशका आठवटै जिल्लामा बैंकका २९ शाखा सञ्चालनमा छन् । बैंकले ग्राहकलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न नयाँ बैंकिङ सुविधा पनि ल्याउँदै आएको छ ।
फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले नवयुवालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ पनि सुरु गरेको छ ।
त्यस्तै, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको बैंकले मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले क्रस बैंक टेलर सेवामार्फत अन्य बैंकका ग्राहकलाई समेत आफ्नो शाखामा टेलर क्यूआर स्क्यान गरी नगद झिक्न सकिने सुविधा दिएको छ ।
‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकका अनुसार हाल २० लाख ८५ हजार ग्राहकले बैंकिङ सेवा लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया