काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १२.७९ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक ०.४८ प्रतिशतले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ ।
यस दिन बजारमा ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढेको छ भने १८५ कम्पनीको मूल्य घटेको छ ।
मंगलबार अपर लोहोरे खोलाको सेयर मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशतले बढेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको ६ प्रतिशत र अपोलो हाइड्रोपावरको ५.६५ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।
यता, सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा एभरेष्ट कलर रहेको छ । कम्पनीको सेयर मूल्य ५.३६ प्रतिशतले घटेको छ । त्यस्तै, सीवाईसी नेपालको ४.८६ प्रतिशत, विजय लघुवित्तको ४.४९ प्रतिशत र बेनी हाइड्रोपावरको ४.१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा ७.५ नबिल डिबेन्चर २०८९ शीर्ष स्थानमा रहेको छ । उक्त डिबेन्चरको २८ करोड ९१ लाख रुपैयाँ बराबरको इकाई कारोबार भएको छ ।
त्यस्तै, घलेम्दी हाइड्रोपावरको २० करोड ३१ लाख, सेन्ट्रल फाइनान्सको १९ करोड ५३ लाख, सानिमा माई हाइड्रोपावरको १५ करोड ५२ लाख र शिवम् सिमेन्ट्सको १४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन १३ उपसमूहमध्ये म्युचुअल फन्ड समूहको सूचक मात्रै बढेको छ । बाँकी १२ वटै उपसमूहको सूचक घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया