निरन्तर निशानामा पर्दै उठेको भाटभटेनीलाई सरकारको विशेष सम्मान

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्डल स्टोर प्रालिलाई सम्मान गरिएको छ ।

कर दिवस २०८३ को अवसरमा मंगलबार आयोपजित विशेष समारोहमा भाटभटेनीलाई सम्मान गरिएको हो ।

उदाहरणीय व्यवसायीक उत्थानशीलतासहित राजश्वमा निरन्तर उच्च योगदान गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याउने संस्थाका रुपमा भाटभटेनी परिचित रहेको छ ।

पटकपटकको आन्दोलनमा भाटभटेनीमाथि भएको तोडफोड भयो । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनीले आफूलाई पहिलेको अवस्थामा फर्काइसकेको छ । साथै ०८२ भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनीले लगत्तैको दशैँमा आफ्ना सबै कर्मचारीहरुलाई तलब र बोनस समेत वितरण गरेर उदाहरणीय काम गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो ।

कर दिवसका अवसरमा आज विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?