ओलीले कार्यकर्तालाई भने– आन्दोलनका लागि हरदम तयार रहनू, असह्य भएपछि तत्कालै सुरु हुन्छ

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका लागि मानसिक रूपमा तयार रहन आग्रह गरेका हुन् ।

उनले आन्दोलन सधैँ लामो समयको तयारीपछि मात्र नहुने भन्दै परिस्थिति असहज बनेमा तत्कालै आन्दोलन सुरु हुन सक्ने बताए ।

‘आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहनू । आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ उनले भने ।

ओलीले कतै विद्रोह, कतै चुनाव त कतै उपद्रवबाट राजनीतिक परिवर्तन हुने गरेको उल्लेख गर्दै एमालेका नेता–कार्यकर्तालाई आवश्यक परेको बेला आन्दोलनमा उत्रिन तयार रहन आग्रह गरे ।

उनले एमालेले विगतदेखि नै विभिन्न कठिनाइ र चुनौतीको सामना गर्दै आएको बताए । सबै शक्ति मिलेर पार्टीलाई समाप्त पार्न खोजे पनि एमाले आफ्नो स्थानमा कायम रहेको उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?