नेपाल हाइड्रो डेभलपर र सानिमा माईको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाल हाइड्रो डेभलपर र सानिमा माई हाइड्रोपावरले सेयरधनीलाई १०-१० प्रतिशत बोनस सेयर दिने भएका छन् ।

दुवै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयरसँगै नगद लाभांशसमेत वितरण गर्ने घोषणा गरेका हुन् ।

नेपाल हाइड्रो डेभलपरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?