काठमाडौं । विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ नेपाली बजारमा बिक्री सुरु भएको छ ।
नेपालका लागि मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले उक्त टायर नेपाली बजारमा उपलब्ध गराएको हो ।
आधुनिक कार तथा एसयूभीलाई लक्षित गरी ल्याइएको प्राइमसी पाँच फरक साइजमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो टायर नेपाली बजारमा चल्तीमा रहेका विभिन्न ब्रान्डका सवारीसाधनका लागि उपयुक्त छ ।
नेपालमा प्राइमसी ५ को १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ साइज उपलब्ध हुनेछन् ।
२१५/६० आर१७ साइजको टायर हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्समा प्रयोग गर्न सकिनेछ ।
त्यस्तै, २०५/६० आर१६ साइज हुन्डाई तथा किया पुराना सेडान, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ । २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा र किया सेल्टोसका लागि उपयुक्त हुनेछ ।
१९५/५५ आर१६ साइज हुन्डाई आई२०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट र फक्सवागन पोलोलगायतका गाडीमा प्रयोग गर्न सकिनेछ ।
यसैगरी, २१५/६० आर१६ साइज हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन र टाटा कर्भका लागि उपलब्ध हुनेछ ।
मिशेलिन टायर उत्पादन तथा प्रविधिका क्षेत्रमा विश्वभर परिचित ब्रान्ड हो । यसको प्राइमसी ५ सिरिज नेपाली बजारमा उपलब्ध भएसँगै प्रिमियम टायर प्रयोग गर्न चाहने ग्राहकले थप विकल्प पाउने भएका छन् ।
सिप्रदी अटोपार्ट्सका अनुसार ग्राहकले आफ्नो सवारीसाधनअनुसार आवश्यक टायरको साइज, उपलब्धता र खरिदसम्बन्धी जानकारी कम्पनीबाट प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया